कालिकोट । इकोहिमाल नेपाल र महाबै गाउँपालिकाको आयोजनामा किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य बिषयक पुर्नताजकी तालिम सम्पन्न भएको छ । महाबै गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मदन बहादुर शाहीको सभाअध्यक्षता, गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह(भिजन)को प्रमुख आतिथ्यता, इकोहिमाल नेपालका कर्मचारी लगायतको उपस्थीतिमा एक कार्यक्रमका विच सोमबार तालिमको समापन गरिएको हो । तालिममा गाउँपालिका ८ वटा विद्यालयका १६ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको र तालिमको सहजिकरण बिन्जु बरालले गर्नु भएको इकोहिमाल नेपालका कार्यक्रम अधिकृत भक्त बहादुर शाहीले बताएका छन् । तालिमले विद्यार्थीहरूलाई यौन र प्रजनन स्वास्थ्यबारे सही जानकारी प्रदान गर्छ, जसले गर्दा उनीहरू आफ्ना शरीर, परिवर्तन र स्वास्थ्यका विषयमा राम्रोसँग बुझ्न सक्छन्,तालिमबाट किशोर–किशोरीहरूमा अनिश्चित गर्भधारण, यौनजन्य रोगहरू र यौनजन्य हिंसामा कमी ल्याउन सहयोग पुग्ने, किशोर–किशोरीलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन, यस तालिमले उनीहरूलाई सही निर्णय गर्न र आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न प्रेरित गर्ने, किशोर–किशोरीहरूको मानसिक स्वास्थ्य र सामाजिक सञ्जाललाई पनि मजबुत बनाउन मद्दत गर्छ, जसले गर्दा उनीहरूलाई आफ्नो मनोवैज्ञानिक समस्याहरूको समाधान गर्न सजिलो हुने हुनाले संस्थाले तालिमको आयोजना गरेको कार्यक्रम अधिकृत शाहीले जानकारी दिएका छन् ।