कालिकोट । नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।सात वर्षअघि सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेकोमा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको उहाँले बताउनुभयो । शाखाका प्रमुख डा। दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताउनुभयो । उहाँले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताउनुभयो ।डेङ्गी सङ्क्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ । अहिलेसम्म देशभर २८ हजार दुई सय १२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म १२ जनाको ज्यान गएको छ ।