कालिकोट । झापाको मेचीनगर नगरपालिका(११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मंगलबार नेपाल ल्याएको जानकारी दिए।अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए। इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि २०८१ जेठ ३२ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।