स्कटल्याण्डमाथि नेपालको जित

Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

कालिकोट । आईसीसी विश्वकप लिग(२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ।अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर ९१२१० बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो।नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले। त्यस्तै गुल्सन झा २५ रनमा अविजित रहे। अनिल साहले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए। कुशल भुर्तेलले २५ रन बनाएका थिए। ​स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले २ विकेट लिएका थिए भने ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भीसले समान १–१ विकेट लिए।त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव ४ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भएको थियो। उसका लागि मार्क वाटको ३४ रन सर्वाधिक रह्यो।उनी बाहेक माइकल जोनेस र कप्तान रिचि बेरिङटनले १९–१९ रन बनाए। ब्रान्डन म्यामुलनले १६ रन बनाउँदा माइकल लिस्कले १४ रन बनाएका थिए।

error: Content is protected !!