विप्लव नेतृत्वको नेकपा द्धारा आगलागी पिडितलाई राहत वितरण ।

कालिकोट । नेत्रविक्रम चन्द (विप्लव) नेतित्वको नेपाल कम्युनिष्ट पार्टी द्धारा आगलागी पिडितलाई राहत वितरण गरीएको छ । गएको भाद्र ३० गते तिलागुफा नगरपालिका–६ जुबिथामा आगलागीबाट तिन घर जलेर पुर्ण रुपमा क्षति हुँदा १४ परिवार विस्तापित भएका थिय । सोमवार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाही(आदर्श) नेकपाका स्थाई समिती सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज भरत सि, पार्टीका केन्द्रीय सदस्य अखिल सि, केन्द्रिय प्रतिनिधि सदस्य तथा काठमान्डौं महानगरपालिका ईन्चार्ज धनराज शाही(डि.आर)सि, केन्द्रीय प्रतिनिधि समिति सदस्य तिलागुफा नगर इन्चार्ज रमेश सी लगाएत नेकपा अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा एक कार्यक्रम विच राहत सामाग्री बितरण गरीएको पार्टी जिल्ला सचिवालय सदस्य तुफान सिले बताएका छन् ।

उनका अनुसार राहत सामाग्रीमा पार्टी आफैले उत्पादन गरेको धान, चामल, आफ्नै सि गार्मेन्ट उद्योगमा उत्पादित ज्याकेट, टोपी, न्यानो कपडा, र केहि थान संकलन गरीएका बल्याङ्केटहरु वडा अध्यक्ष पर्बलाल शाहीको रोहवरमा हस्तान्तरण गरीएको छ । साथै पार्टीले आज नै १५ लाख बराबरको अक्सीजन सिलिन्डर सहीत स्वास्थ्य सामाग्री पनि नगरपालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराएको छ । काठमान्डौं महानगरपालिका ईन्चार्ज धनराज शाहीको पहल तथा स्वास्थ्य सेवा विभाग टेकुको सहयोगमा स्वास्थ्य सामाग्री नगरपालिकालाई उपलब्ध गराइएको हो । उक्तसामाग्री नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमा शाहीको रोहबरमा हस्तान्तरण गरीएको सचिवालय सदस्य तुफान सिले जानकारी दिएका छन् ।

error: Content is protected !!