कालिकोट । दक्षिण एशियाली फुटबल महासंघ (साफ)महिला च्याम्पियनशिपअन्तर्गत नेपाल र भारतबीच दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा तनावपूर्ण माहोल भएपछि खेल अवरुद्ध भएको छ।पहिलो हाफदेखि नै भारतीय खेलाडीमाथि नेपालले दबाब बनाएको थियो। दोस्रो हाफमा नेपालकी रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खाएर मैदान छाडेपछि दर्शकले मैदानमा पानीका बोतल फालेका थिए। रंगशालामा करिब १६ हजार दर्शकले खेल हेरिरहेका छन्।यसपछि करिब १५ मिनेट खेल अवरुद्ध भयो।