कालिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब एक्लै चुनाव लड्ने घोषणा गर्दै बिचौलियाका पृष्ठपोषकसँग मिलेर चुनाव नलड्ने घोषणा गरेका छन् । आज काठमान्डौंमा पार्टीले गरेको बृृहत खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका छन् । उनले ‘यो सरकार बनेकोमा हामी र हाम्रो दललाई कुनै चिन्ता छैन । सरकार नयाँ बन्यो भन्ने चिन्ता होइन । सरकार के का निम्ति बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, भ्रष्टाचारीहरू बचाउन बन्यो । यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जाल झेल र षडयन्त्रबाट बन्यो । यो सरकार दलालहरूको घर घरमा गएर रातको १२ बजे बन्यो । अप्राकृतिक संसर्गबाट बन्यो भनेर मैले संसदमा भनेको थिएँ, सय दिन पुग्दा नपुग्दै हामीले प्रतिनिधिसभामा जे चिन्ता गरेका थियौँ, त्यो सरकारले प्रमाणित गरेको छ ।’ अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् । ‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका बेठीक छ’, उनले भने । अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रलाई समे फुटाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘माओवादीलाई समाप्त गर्न उनीहरू लागेका छन् । त्यसका लागि उनीहरू दिनरात लागेका छन् । प्रचण्ड रहेसम्म केही गर्न सकिँदैन भनेर उनीहरूलाई चिन्ता छ ।’ उनले जनतालाई पनि माओवादीलाई कसरी बलियो बनाउने भनी चिन्ता गरेको बताए । यो सरकार पुरै चलोस् भन्ने आफ्नो भनाई रहे पनि भ्रटाचारीलाई संरक्षण गर्दा आफैँ कुहिएर झर्ने बताउँदै माओवादीलाई दोष दिन नपाउने प्रचण्डले उल्लेख गरे । उनले यो छोटो समयमा आयोजना गरेको खबरदारीसभा भएको र यदि पार्टीले देशैभरीका जनता उतारेर बिरोधसभा आयोजना गरेमा यो सरकार भिड थेक्न नसक्ने चुनौति समेत दिएका छन् । उनले अव जनताका छोरा छोरीलाई बन्दुक बाँड्ने नभई उत्पादनका औजार बोक्न लगाएर भष्टचारी बिदेशीहरुको हैकम र हस्तक्षेपको अन्त्य गर्न थप एउटा क्रान्ति गर्ने आँट आफुले गरेको बताएका छन् ।