राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव सुशील शमशेर जबराको निधन

कालिकोट । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज निधन भएको छ। उनको ९१ वर्षको उमेरमा निधन भएको हो।राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए।उनका अनुसार श्रद्धाञ्जलि अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचारीहरुको उपस्थिति थियो।राखेपको दोस्रो सदस्यसचिवका रुपमा राणाले ६ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पुर्‍याएका थिए। उनी विसं २०१७ देखि विसं २०२४ सम्म परिषद्को सदस्यसचिव भएका थिए।नेपाल ब्याडमिन्टन संघको संस्थापक अध्यक्ष भएका राणा हाल आजीवन मानार्थ अध्यक्षको रुपमा रहेका संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।

 

error: Content is protected !!