कालिकोट । जिल्लाको महाबै गाउँपालिका ७ मा युवाहरुको लागी तिन दिने सिकर्मी तालिम संचालन भयको छ । युवा सिकाइ केन्द्र परियोजना अन्तर्गत इकोहिमाल नेपाल र महाबै गाउँपालिकाको साझेदारीमा सिकर्मी तालिम आयोजना गरियको हो । आज यक कार्यक्रमका बिच वडा न ७ का वडा अध्यक्ष नन्द किशोर चौलागाइको सभाअध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष दान सिंह सेजुवालको प्रमुख आतिथ्यतामा, इकोहिमाल नेपालका सामाजिक परिचालक जितेन्द्र शाही साथै सम्पूर्ण सहभागीको उपस्थिति तालिम उदघाटन गरिएको बताइयको छ । तालिममा गाउँपालिकाका ७ वटै वडा बाट करिब १४ जना युवाहरुको सहभागिता रहेको इकोहिमालका कार्यक्रम संयोजक जय कर्ण बुढाले बतायाका छन । तालिम कोटखौलामा रहेको युवा सिकाई केन्द्रको हलमा संचालन भईरहेको छ । युवालाई सिकर्मी (काष्ठकला वा निर्माणसम्बन्धी) तालिम दिनुको उद्देश्य विभिन्न सामाजिक, आर्थिक, र व्यक्तिगत फाइदाहरूलाई समेट्न सकिने, युवाहरूलाई रोजगारका अवसरहरू प्रदान गर्न सिकर्मी तालिमले सहयोग गर्ने, सीपको विकासले उनीहरूलाई आत्मनिर्भर बनाउँछ र आय आर्जनको नयाँ स्रोत सिर्जना गर्न मद्दत पुगाउने, सीप सिकेपछि उनीहरूले आफ्नै व्यवसाय सञ्चालन गर्न सजिलै सक्ने जसले उद्यमशीलताको विकास हुने, सिकर्मी तालिमले स्थानिय समुदायमा सीपयुक्त जनशक्ति तयार पार्न मद्दत गर्छ, जसले अन्य व्यक्तिहरूलाई पनि जागिर दिने वा कामको अवसर प्रदान गर्न सक्ने हुनाले सिकर्मी तालिम आयोजना गरियको कार्यक्रम संयोजक बुढाले जानकारी दियका छन । साथै उनले भने सिकर्मी तालिमले युवाहरूलाई आत्मनिर्भर, स्वरोजगारमुखी र समाजमा योगदान गर्न सक्षम बनाउने मुख्य उद्देश्य राख्नेछ । उक्त तालिममा प्रशिक्षक कर्ण सिंह र सहप्रशिक्षक दान बहादुर शाहीले सहजीकरण गर्ने छन।