कालिकोट । इकोहिमाल नेपालको आयोजनामा संचालित सामुदायिक बीउ बैंक स्थापना र व्यवस्थापन सम्बन्धी चार दिने तालिम मंगलबार सम्पन्न भएको छ । खाडाँचक्र नगरपालिका वडा नं ६ को सभाहलमा कार्तिक ३ गते देखी सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा खाँडाचक्र नगरपालिकाका,महाबै गाउँपालिका तथा बलीदान बहुउद्देशीय कृषि सहकारी संस्था र सरल जनजागण कृषि सहकारी संस्थाबाट अगुवा कृषकहरुको सहभागीता रहेको थियो ।
कृषकहरूलाई गुणस्तरीय बीउ उत्पादन, संकलन, प्रशोधन, भण्डारण, र व्यवस्थापन सम्बन्धी आवश्यक सीप र ज्ञान दिने, स्थानिय स्तरमा पाइने जैविक विविधता र परम्परागत बीउको संरक्षण गरी भविष्यमा बीउको पहुँच सुनिश्चित गरेर कृषकहरूलाई बीउमा आत्मनिर्भर बनाउने, जलवायु परिवर्तनका असरहरूलाई मध्यनजर गर्दै स्थानीय र परम्परागत बीउहरूको प्रयोग गरी कृषि प्रणालीलाई सुदृढ बनाउने, कृषकहरूले गुणस्तरीय बीउ उत्पादन गरी थप आम्दानीको स्रोतको रूपमा बीउको व्यापार गर्न सक्षम बनाउने, गुणस्तरीय बीउको उत्पादन, परीक्षण, र प्रमाणिकरणको उपायहरूको तालिम दिएर बीउको गुणस्तरलाई सुनिश्चित गर्ने साथै सामुदायिक बीउ बैंकलाई दिगो, प्रभावकारी, र कृषकहरूको हितमा सञ्चालन गर्न मद्दत पु¥याउँने उद्देश्यले तालिमको आयोजना गरीयको इकोहिमाल नेपालका कार्यक्रम संयोजक जयकर्ण बुढाले बतायका छन् । उक्त चार दिने तालिममा काठमान्डौं बाट आयका प्रशिक्षक पिताम्बर श्रेष्ठले प्रशिक्षण दिएका थिय ।