शहीद परिवारसँग माओवादी नेता सुदन किरातीको दशैँ, तलव कटौती गरेर जनताको घर निर्माण ।

कालिकोट । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले जनयुद्ध र शहीदहरुमाथि अपमान नगर्न चेतावनी दिएका छन् । मतदाता भेटघाटका लागि जिल्ला पुगेका किरातीले शुक्रबार शहीद परिवारका लागि बनाइएको घर हस्तान्तरण गर्दै यस्तो बताएका हुन् । भोजपुर जिल्लाको पौवादुङ्मा गाउँपालिका–६ ठूलो दुङ्मामा शहीद सन्देश राईको बुवा आमालाई एक कार्यक्रमका बीच नवनिर्मित घर हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बोल्दै नेता किरातीले भने “यो व्यवस्था त्यति सजिलो आएको हैन, आज जसरी देशको प्रधानमन्त्री देखी तलका वडाध्यक्षसम्मका जनप्रतिनिधिले शासक प्रवृत्ति देखाइरहेका छन् यो राम्रो होइन । यो सरासर जनयुद्ध र जनयुद्धका शहीदहरुमाथिको अपमान हो । जनता र जनजिविकाका मुद्धालाई अदेखा गर्दै निश्चित वर्गका सेवामा किन तल्लिन भैरहेका छन् सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म ? गाउँपालिका अध्यक्ष देखी वडाध्यक्षसम्मले आज शहीद र तिनका परिवार नचिन्ने स्थितिमा किन पुगिरहेका छन? शहीदका परिवारका आँशु र हजारौँ घाइते र योद्धाहरुको रगत पसिनासँग साटिएको ह ।

किरातीले हरेक आन्दोलनहरुको आआफ्नै विशिष्ट योगदान रहेकाले कुनै पनि आन्दोलन र ती आन्दोलनका शहीदहरुमाथि कसैले अवहेलना गर्न नहुने धारणा राखेका छन् । दश वर्षे जनयुद्धका बेला २०६० माघ ९ गते उदयपुरमा तात्कालिन शाही सेनासँगको मुठभेटमा शहीद भएका सन्देश राईको आमा बुवालाई स्थानीय पार्टीको सकृयतामा घर निर्माण गरिएको हो। स्थानीय गाउँपार्टीको सकृयतामा पार्टी नेता, कार्यकर्ता र शुव्वेच्छुकहरुसँग सहयोग जुटाएर ५ लाखको लागतमा घर निर्माण गरिएको गाउँ पार्टी अध्यक्ष सन्तोष मुक्मिनले जनाएका छन्।

घर निर्माणमा पूर्व मन्त्री समेत रहेका संघीय सांसद किरातीले छानोका लागि आफ्नो एक महिनाको सेवा सुविधा बापत् ८० हजार रकम उपलब्ध गराएका थिए । यससँगै यस बर्षको दशैँ यिनै शहीद परिवारसँगै मनाउने भएका छन् । दशैँ मनाउनका लागि शहीद परिवारकहाँ पुगेका किरातीले नयाँ घर हस्तन्तरणसँगै शहीद परिवारका लागि एक सरो कपडा, खाद्य सामग्री समेत हस्तान्तरण गरेका हुन् । हरेक वर्ष समाजमा पिछडिएका समुदाय र व्यक्ति कहाँ गएर दशैँ मनाउने गरेका किरातीले यस वर्ष शहीद परिवारसँग दशैँ मनाउदै छन् ।

error: Content is protected !!