कालिकोट । नेपाल पत्रकार महासङ्घको चुनाव मिति फेरि सरेको छ । असोज ५ गते जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव हुने भनिएकोमा फेरि मिति सरेको हो । यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष हुनुहुन्छ ।नयाँ समितिले अब असोज १२ गते चुनाव गर्ने गरी मिति तोकेको हो ।