आईसीसी विश्वकप नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृङ्खलाको खेलतालिका सार्वजनिक गर्यो

कालिकोट । आईसीसी विश्वकप लिग दुई अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको खेलतालिका सार्वजनिक भएको छ । नेपाल, अमेरिका र स्कटल्यान्डको सहभागिता रहने प्रतियोगिता कात्तिक ९ देखि १९ गतेसम्म हुने भएको छ । श्रृङ्खलामा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुने भएको हो ।नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ । श्रृङ्खलाको सबै खेल अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन प्रेरि भ्यूमा हुने जनाईएको छ ।

error: Content is protected !!