कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–७ चँदारा गाउँका बेसहारा दाजु भाईको कोपीला भ्याली सेवा समाज अन्र्तगत कोपीला भ्याली वालगृह सुर्खेतले उद्धार गरेको छ । गत कार्तिक २ गते आमा रितु चँदाराको ३१ वर्षको उमेरमै मृत्यु भएको र वालकका बुवा ३६ वर्षीय गोविन्द्र चँदारा अपाङ्ग हुदाँ उनीहरुको झन विचल्ली भएको भएको खवर पाय पछी रेडियो तिला आवाजको टिम त्यहाँ पुगेर स्थलगत रिपोर्टीङ गरी उनिहरुको उद्धारको लागी विभिन्न सहयोगी संघ संस्था संग अपिल गरेको थियो ।
बेसहारा बनेका चार वर्षीय सन्देश, र दुई वर्षीय टेकराज चँदारालाई हजुरआमाले जेनतेन स्याहार सुसार गर्दै आएकोमा उनको पनि गत फागुन ४ गते मृत्यु हुदाँ ति दाजु भाई थप बेसहारा भएका थिय । सुत्केरी हुँदा उचित खान पान नपाएरनै कुपोषणका कारण गोविन्दकी श्रीमतीको मृत्यु भएको छिमेकीले बताएका छन् । उनको सम्पत्तिको नाममा चार पाथि पाखोबारी भएको र त्यही पनि पहीरोले लगेको छ । उनिहरुलाई सवै प्रकृया पुरा गरेर गएको सोमबारबाट संस्थाको संरक्षणमा राखीएको संस्थाका उपाध्यक्ष गोगन बहादुर मल्ल(युनाइटेड) ले जानकारी दिएका छन् ।