कालिकोट । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखलाई राजीनामाको विषय उठाएर उनको अपमान गर्न खोजिएको आरोप लगाएका छन्।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक्तिशाली सरकारले हटाउने विषय लोकतन्त्रसम्मत हुँदैन भने।सांसद पौडेलले ठूला अनियमितता र भ्रष्टाचारमा मुछिएकालाई कानूनी दायरामा ल्याउन माग गरे। विपद्जन्य घटनाबाट पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए।