बिशेष छात्रवृत्ति कार्यक्रममा नर्सिङ बिषय अनिवार्य राख्न सांसद बिकको माग ।

कमल कोपिला कालिकोट । राष्ट्रिय सभाका सदस्य माननिय बिष्णु बहादुर बिक (विकल्प)ले विशेष छात्रवृत्ति कार्यक्रममा नर्सिङ बिषय अनिवार्य राख्न माग गर्नुभएको छ । मंगलबार राष्ट्रिय शभाको बैठकमा बोल्नुहुदै सांसद बिकले सो कुराको उठान गर्नुभएको हो । उहाँले‚ नेपाल सरकारको आ.व. २०८१।०८२ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्राका लागी डिप्लोमा÷प्रमाणपत्र तहमा ३२४ र प्रि–डिप्लोमा तहमा ३६ जना गरी जम्मा ३६० सिटहरुमा आवेदन खुलेको छ । जसको प्रवेश परिक्षा यहि भाद्र २९ गते हुदैछ । लक्षित समुदायको लागी बिशेष छात्रवृत्ति कार्यक्रममा जब होटल म्यानेजम्यान्ट, कृर्षि, भेटेनरी, सिभिल, इलेक्ट्रोनिक, अटोमोबाईल रहेका छन जसमा हाल बिर्धार्थीको भर्नादर निकै न्यून छ । यो बजेटमा नसि¨ पनि पढाउन सकिन्थ्यो किन यो बिषयमा आवेदन नखुलाएको हो ? भन्दै प्रश्न गर्नुभयो । साथै के शिक्षालयमा रिक्त रहेका सिट भर्नको लागी मात्र लक्षित समुदायको बिशेष छात्रावृत्ति कार्यक्रम ल्याएको हो । के दलित, सीमान्तकृत समुदायका छात्रछात्रा लाई नसि¨ पढाउन हुदैन भन्ने मनसाय हो ? होइन भने किन नसि¨ राखिएन ? भन्दै प्रश्न गर्नुभएको हो । साथै राष्ट्रिय सभाको सो बैठकमा बोल्दै विशेष छात्रवृत्ति कार्यक्रममा नर्सि¨ बिषय अनिवार्य राख्न राष्ट्रिय सभाका अध्यक्ष मार्फत नेपाल सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

error: Content is protected !!