लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी रिहा

कालिकोट । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी रिहा भएका छन् । किर्ते मुद्दामा ३३ वर्षअघिको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गर्न खोजेपछि हिजो रुकुम पूर्व जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका केसी कारागार चलान भए पनि आजै रिहा भएका हुन् ।केसी फौजदारी अपराध संहिता २०७४ को सुविधाअनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नुनपर्ने प्रावधानअनुसार एक लाख नौ हजार दुई सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।

 

error: Content is protected !!