कालिकोट । कोशी प्रदेशमा डेंगुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्। सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ।स्वास्थ्य कार्यालयका डेगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गुबाट मृत्यु हुनेमा हल्दिबारी( ३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड(४ का आठ वर्षीय आलोकजंग बस्नेत रहेका छन्। झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ।कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या ५३२ पुगेको छ। त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगुका सङ्क्रमित धेरै पाइएको छ। ताप्लेजुङमा भने डेंगुको एकजना पनि सङ्क्रमित पाइएको छैन।