कांस्य पदक विजेता पलेशा लाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरिने प्रधानमन्त्री ओलीको घोषणा

कालिकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताएका छन्।प्रधानमन्त्री ओलीले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन्।बालुवाटारमा बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख नै दिने स्पष्ट गरे। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्।उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्।

error: Content is protected !!