इकोहिमाल नेपालको सहयोगमा महाबैमा बक्तृत्वकला प्रतियोगिता आयोजना

कालिकोट। जिल्लाको महावै गाउँपालिका वडा नं ७ मा राम्नी स्थीत श्री राम माध्यामिक विधालयमा बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । ईकोहिमाल नेपाल द्धारा संचालित लैंगिक मैत्री हिमालयन विद्यालय परियोजनाको आर्थिक सहयोग श्री राम मा.वि.कोटवाडाको सहजिकरण तथा महावै गाउँपालिका शिक्षा शाखाको आयोजनामा आज आधारभुत तहको बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका शिक्षा शाखा प्रमुख मदन बहादुर शाहीको सभाअध्यक्षता वडा नं ७ का वडा अध्यक्ष नन्दकिशोर चौलागाई (प्रबेश)को प्रमुख आतिथ्यता, विद्यायल व्यवस्थापन समिति अध्यक्ष धनकृष्ण चौलागाईको विषेश आतिथ्यता, तथा अन्य विद्यालयका वि.व्य.स.अध्यक्ष, प्र.अ.,अभिभावक संघ, शिक्षक, विधार्थी नागरिक समाज, विभिन्न राजनिती दलका प्रमुख तथा, प्रतिनिधि बाल क्लव, युवा क्लव, किशोरी समुह लगाएतको उपस्थीतिमा बक्तृत्वकला कार्यक्रम संचालन गरिएको श्री राम मा.वि का सुचना अधिकारी छत्रलाल अधिकारीले बताउनु भएको छ । उक्त बक्तृत्वकला प्रतियोगितामा तिला माध्यामिक विधालयले प्रथम, त्रिवेणी मा.वि ले दोस्रो, राम माविले तेस्रो स्थान हासील गरेको र चन्द्रादेवी मा.विले सान्त्वना स्थान हासील गरेको सुचना अधिकारी  अधिकारीले जानकारी दिनुभएको छ । साथै प्रतियोगिताका सहभागि विजेताहरुलाई पुरस्कार प्रमाणपत्र वितरण गरिएको छ ।

error: Content is protected !!