कालिकोट । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । महानगरको ३५ औं नगर कार्यपालिका बैठकमा आज उपमेयर डङ्गोलले मेयर शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाउनुभएको हो ।काठमाण्डौका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले सूचना जारी गरेको थियो । त्यही सूचनालाई लिएर डङ्गोलले शाहप्रति प्रश्न उठाउनुभएको हो ।