बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

कालिकोट । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा सरसफाइ अभियानमा सक्रिय समूहले फोहरका रूपमा फालिएका बोतल बेचेर बालकल्याण प्राथमिक विद्यालय डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको अभियानकर्मीले बताएका छन् ।बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानको संयोजक निमबहादुर बुढाथोकीले बताउनुभयो ।

error: Content is protected !!