मधेशमा सुविधासम्पन्न रङ्गशाला बनाउने खेलकुदमन्त्री चौधरीको भनाई

कालिकोट । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा सुविधासम्पन्न रङ्गशाला बनाउने बताएका छन्। मधेश प्रदेशमा हालसम्म एउटा पनि रङ्गशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्ने उनले बताएका हुन्।आज सिरहाको लहानमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले प्रदेशको राजधानी जनकपुरमा एउटा रङ्गशाला नभएको प्रसङ्ग उल्लेख गरेका छन्।उनले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यही वर्षभित्र आयोजना हुने जानकारी पनि दिएका छन्।त्यसपछि ११औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै हुने र त्यसका लागि सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने उनको भनाइ छ।मन्त्री चौधरीले राष्ट्रको सर्वाङ्गिण विकासका लागि खेलकुदको विकास हुनु उत्तिकै जरुरी रहेको धारणा राखे। उनले आफ्ना छोराछोरीलाई खेलकुदमा लगाउन पनि सबैसँग आग्रह गरे। खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा बढाउने उनले बताए।

error: Content is protected !!