घूस लिएको आरोपमा रुसी सेनाका जनरल परे पक्राउ

कालिकोट । रूसमा घूस लिएको आरोपमा अर्का एक वरिष्ठ सैन्य अधिकारीलाई पक्राउ गरेको छ ।रक्षा मन्त्रालयको स्रोत विभागमा काम गर्ने मेजर जनरल भ्यालेरी मुमिनजानोभले सेनाको पोशाक आपूर्ति गर्न राष्ट्रिय निजी कम्पनीहरूसँग सम्झौता मिलाउन पदीय मर्यादा विपरीत काम गरेको अनुसन्धानकर्ताले बताएका छन् ।‘सम्झौताको मध्यस्थताका लागि ती अधिकारीले २० लाख रूबलभन्दा बढीको ठूलो रकम घुस लिएका थिए’, रूसको अनुसन्धान समितिले जनाएको छ ।

error: Content is protected !!