कालिकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई बालिका ४ दिनदेखि बेपत्ता भएका छन्।रेशको नुन्थला माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते विहान बेपत्ता भएका हुन्।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराज कँडेलले दुवै बालिकाको खोजीका लागि प्रहरीले नेपालभरि फोटोसहितको विवरण पठाएको जानकारी दिएका छन्।