बिदाका दिन पनि सरकारी अस्पताल खोल्न ध्यानाकर्षण पत्र

कालिकोट । सार्वजनिक बिदाका दिन सरकारी अस्पतालले सेवा दिनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिदामा बहिरंग सेवा खोल्न ध्यानाकर्षण गराएको छ।सरकारी अस्पतालहरूले सेवा रोकेको जनगुनासो बढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको हो।उक्त भदौ ७ गते पठाएको र हालै मात्र सार्वजनिक भएको उक्त पत्रमा प्रधानमन्त्री कार्यालयले २०८१ सालमा दिइने सार्वजनिक बिदाका विषयमा २०८० पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको र त्यससम्बन्धी जानकारी नेपाल राजपत्रको खण्ड ७३ संख्या ५४ भाग ५ को सूचनामा स्पष्टसँग सार्वजनिक बिदाको दिन पनि सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन हुने व्यवस्था उल्लेख छ।

 

error: Content is protected !!