आज पनि प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना

कालिकोट । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

 

error: Content is protected !!