कालिकोट । काठमाडौँको सिनामङ्गलस्थित एक गेष्ट हाउसमा युवा र युवती मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुराको त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी वर्ष १९,२० कि करिष्मा सार्की मृत बताएका छन् । काठमाडौँ महानगरपालिका ९ स्थिते होटल झर्ना एण्ड गेष्ट हाउसको कोठा नम्बर ४०२ मा उनीहरु बस्दै आएका बताइएको छ । होटलका कर्मचारीले शुक्रबार मध्याह्न खाना खाने,नखाने निधो गर्नका लागि कोठामा जाँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए। खबरपछि घटनास्थलमा प्रहरी दिउँसो १ः१५ बजेको समयमा पुगेकोमा ढोका खोली हेर्दा दुवैजना मृत फेला परेको उनले बताए । प्रहरी उपरीक्षक अधिकारीका अनुसार महिला घाँटी काटिएको अवस्थामा मृत फेला परेको र पुरुष पङ्खामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।