जोखिममा रहेका ४ सय बालबालिकालाई खाद्यान्न सहयोग ।

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा जोखिममा हरेका बालबालिकालाई खाद्यान्न सहयोग गरीएको छ । सेभ द चिल्डे«न र भिडिसेभ नेपाल द्धारा संचालित सहयात्रा तेस्रो परियोजना अन्र्तगत शुभकालिका गाउँपालिका भरी जोखिममा रहेका ४ सय ३२ जना बालबालीकालाई खाद्यान्न सहयोग गरीएको हो । बालबालिका सम्बन्धि ऐन २०७५ को धारा ४८ अनुसार बिशेष संरक्षणको आवश्यकतामा रहेका बालबालिका लाई सहयोग गरीएको बालअधिकार शासन तथा बाल संरक्षण फिल्ड अधिकृत जगत प्रसाद भट्टराइले बताएका छन् । खाद्यान्न सहयोग बितरण कार्यक्रम अन्र्तगत बिहिबार आज शुभकालिका गाउँपालिका–६ र शुक्रबार वडा नं ७,८ मा बितरण भएको बताइएको छ ।

खाद्यान्न सहयोग बितरण कार्यक्रममा बोल्दै वडा नं ६ का कार्यवहाक वडा अध्यक्ष अन प्रसाद आचार्यले गैर सरकारी संस्थाको सहयोगमा खाद्यान्न वितरण हुनु आर्थिक रुपमा विपन्न तथा जोखिममा रहेका बालबालिकाको लागी महत्वपुर्ण कार्य भएको बताय । उक्त कार्यक्रममा भिडिसेभ नेपाल कालिकोटका कार्यक्रम प्रबन्धक राजेन्द्र सहकारीले संस्था सधै आर्थिक रुपले बिपन्न तथा जोखिममा रहेका बालबालिकाहरुको साथमा रहने बताय ।। उनका अनुसार अहिले शुभकालिका गाउँपालिकामा मात्र त्यस्ता बालबालिकाको लागी १७ लाख ७१ हजार २ सय रकम बरावरको खाद्यान्न वितरण भएको छ । अरु सवै वडामा बितरण कार्य सकीएको र वडा नं ५ मा पनि तत्कालै बितरण हुने फिल्ड अधिकृत भट्टराइले जानकारी दिएका छन् ।

error: Content is protected !!