कालिकोट । यसवर्ष को कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जानकारी दीएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको हो ।यस्तै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार ५९१ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ४६ हजार ८९३ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ७८ हजार ७५ जना रहेको छ ।यस्तै २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६१ हजार ३६ जना, २.०१ देखि २।४० जीपीए ल्याउने ८ हजार २४० जना, १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या १२ जना रहेको बोर्डले उल्लेख गरेको छ । यसै बिच एनजी ल्याएर मौका परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ रहेको छ भने मौका परीक्षा आउँदो भदौ २५ र २६ गते सञ्चालन गर्ने तयारी रहेको बताईएको छ ।





