कालिकोट । बैतडी जिल्लामा लामखुट्टे मार्ने अभियान सञ्चालन गरिएको छ। डेंगु रोकथाम तथा नियन्त्रणका लागि बिहिबारदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिएका छन्।स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा अभियान सदरमुकामबाट सुरु भएर जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको छ।डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी,जनप्रतिनिधि,सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयको सहयोगमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।