चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास नगरी नर्सिङ पढ्न नपाइने छलफल गर्यो

कालिकोट । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्ने चिकित्सा शिक्षा आयोगले छलफल गरेको छ । यो विषयमा चिकित्सा शिक्षा आयोगले अध्ययन गरिरहेको बताएको छ।आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ।नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा.सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

 

error: Content is protected !!