कालिकोट । भारी वर्षाका कारण मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। सो वर्षाकै कारण ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त प्रभावित भएको हो। केही क्षेत्रमा २४ घण्टामा ६४५ मिलिमिटर वर्षा मापन भएपछि जिक्सिङ शहरबाट ११ हजार भन्दा बढी मानिसलाई शहरबाट अन्यत्रै सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
‘