कालिकोट । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै पनि रक्षात्मक र आक्रामक अवस्थाका लागि तयार रहेको बताएका छन्।हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले बिहीबार बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमाण्डर फुआद शुक्रको हत्याको जवाफ दिन लेबनानी सशस्त्र समूह बाध्य रहेको छ भन्ने चेतावनी दिएपछि नेतान्याहुको यो टिप्पणी आएको हो।बुधबार तेहरानमा भएको आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको थियो ।