कालिकोट । पोखरामा एक कपास उद्योगमा आगलागी भएको छ । विद्युत् सर्ट भएर कपास उद्योगमा आगो लागेको हो ।पोखरा ३ तेर्सापट्टी स्थित अनन्त कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योग आगो लागेको प्रहरीले जनाएको छ । प्रहरी, आर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।आगो लागेर करिब २२ लाख बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका छन् ।