सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

कालिकोट । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ ) ले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको छ ।पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भएपनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीवार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर बिरोध जनाएका छन् । उनीहरू सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि बारम्बार आन्दोलन गर्दै आएका छन्।

error: Content is protected !!