कालिकोट । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ।मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ।काठमाडौंको टोखा र कैलालीको धनगढीमा पनि हैजा संक्रमित भेटिएका छन्। खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाइमा प्रायः सबै सजग रहे पनि बर्खायाममा पानीको स्रोतमा फोहोर मिसिने हुनाले हैजाको संक्रमण देखिने गरेको छ ।