कालिकोट । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे हनुमानस्थान स्थित होटेल बसेरामा बस्ने भएको छ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ।गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।