कालिकोट । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल तथा राजधानी क्षेत्र जोखिममा रहेको छ ।त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामंगलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो।हवाइ इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै डिपो खोलिएको थियो। निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै वेला गम्भीर क्षति गर्न सक्ने उच्च सम्भावना छ।यही साउन ९ गते धावनमार्गबाट करिब दुई सय मिटरमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाले त्यो जोखिम अरू उच्च रहेको स्पष्ट देखाएको छ । उक्त दुर्घटना विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा भयो, त्यही दुर्घटना विमानस्थलको दक्षिण पश्चिम क्षेत्रतिर भएको भए डिपोलाई प्रत्यक्ष असर पर्ने थियो।