पारा ओलम्पिकमा पदक विजेता गोवर्धनले ६५ लाख पुरस्कार पाउदै

कालिकोट । फ्रान्समा जारी पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन्।राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारा ओलम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कारअनुसार सरकारले पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार स्वरूप दिनुपर्नेछ।नियमावलीअनुसार स्वणर्पदक विजेतालाई सबैभन्दा धेरै १ करोड ३० लाख रुपैयाँ सरकारले दिनुपर्छ। यसैगरी रजत पदक जित्नेलाई ९७ लाख र कांस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने व्यवस्था छ।

 

error: Content is protected !!