एससीओ बैठकमा सहभागी हुन् पाकिस्तानले मोदीलाई गर्यो निम्तो

कालिकोट । अक्टोबरमा आयोजना हुने सांघाइ सहयोग संगठन एससीओ काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट ९सीएचजी० को बैठकका लागि पाकिस्तानले भारतलाई निम्तो पठाएको छ।पाकिस्तान समाचार आउटलेटले साप्ताहिक समाचार ब्रिफिङका क्रममा पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मुमताज जहरा बलुचलाई उद्धृत गर्दै पाकिस्तानले इस्लामाबादमा हुने आगामी सीएचजी बैठकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत एससिओ सदस्य देशका सबै शासनाध्यक्षलाई निमन्त्रणा दिएको बताएको छ ।भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा इस्लामाबादको निमन्त्रणा पुष्टि गर्दै विदेश मन्त्रालयसँग साझेदारी गर्न कुनै अपडेट नभएको बताए।

error: Content is protected !!