पाकिस्तानमा पहिरो आउदा १२ जनाको मृत्यु

कालिकोट । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पहिरोमा परी १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ।दिर जिल्लामा पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहँदा शुक्रबार पहिरोमा परी १२ जनाले ज्यान गुमाएको सरकारी उद्धार संगठनले एक विज्ञप्तिमा जनाएको छ।पहिरो जाँदा घरभित्र सुतिरहेका तीन महिला, छ बालबालिका र तीन पुरुषसहित मृत्यु हुनेमा एकै परिवारका सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ।सबै शव भग्नावशेषबाट निकालिएको र पहिरोको भग्नावशेषबाट क्षेत्र खाली गर्न उद्धार कार्य जारी छ।

 

error: Content is protected !!