सर्लाहीमा उखुखेती घट्दै

कालिकोट । सर्लाहीमा उखुखेती घटेको छ । लागतअनुसार मूल्य नपाउने, समयमा उखुको भुक्तानी नपाउनु लगायतका कारण किसानहरूले उखुखेती छाड्दै गएका सर्लाहीको हरिवनका उखु किसान रामशरण उप्रेतीले बताउनुभयो ।उप्रेती भन्नुहुन्छ, ‘धेरै किसानले उखुखेती गर्न छाडे, किसानले उखुको साटो अन्य बाली लगाउन थालेका छन् । सरकारको बेवास्ता, उद्योगको मनपरी मूल्य र बिचौलियाको प्रभावका कारण उखुखेती सङ्कटमा परेको हो, मिलगेट क्षेत्रमा नै उखुखेती गर्ने किसान आधाले घटेका छन् ।’उखुखेती छाडेर धान, मकै, गहुँ र दलहन खेती गर्न थालेको श्रीपुरका किसान देवशंकर रायले बताउनुभयो ।

error: Content is protected !!