सहकारी ठगी प्रकरणमका एकजना पक्राउ

कालिकोट पोखराको प्राइम सहकारी रकम अपचलन आरोपपछि फरार थप एकजना पक्राउ परेका छन् । पोखरा ४ गैरापाटनकी ५६ वर्षीय दीपा कोइराला पक्राउ परेकी कास्की प्रहरीले जनाएको छ । निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा उनी फरार थिइन् । उनलाई बिहीबार नै अदालत पेस गरिएको कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।

error: Content is protected !!