आज राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्ने

कालिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान बस्नेछ।राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए। उनका अनुसार ३४ वर्षमा यो बैठक पहिलोपटक गर्न लागिएको हो।‘बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले धारणा राख्नेछन्’, उनले भने, ‘पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो।

 

error: Content is protected !!