सरकारले कुनै खालको दम्भ देखाए सडकमा जाने प्रचण्डको भनाई

कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस(एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिएका छन्।धनगढीमा आज पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख गरेका छन्।आफ्नो नेतृत्वको सरकारले गरेका काम जनताले बुझेको भन्दै प्रचण्डले अहिले एमाले–कांग्रेस रक्षात्मक हुनुपर्ने अवस्थामा पुगेको बताए। कांग्रेस(एमालेले संविधानमा घात गर्न सक्ने उनको आशंका रहेको छ।

error: Content is protected !!