कालिकोट । विभिन्न ठाउँमा पहिरो खसेका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधवार रातिको भारी वर्षाका कारण पहिरो खस्दा दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने गगने खोला,एस मोड लगाएतका ठाउँमा मा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी पोषण थापाले जानकारी दिनु भएको छ । उहाँका अनुसार गगने खोलामा सडकनै भासीएकाले सडक संचालनमा आउन समय लाग्ने बताइएको छ ।