कालिकोट । सरकारले आज महिला भलिबल खेलाडीहरुलाई पुरस्कार वितरण गर्दैछ।बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।गत साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो।बैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। सोही पुरस्कार आज पाउन लागेको राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिए।