कालिकोट । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी(जोमसोम(कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका(२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ।कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो।स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सब इन्जिनियर सोहनजंग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताए।





