कालिकोट । सरकारले निजामती कर्मचारीको तलब समायोजनको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतमा निवेदन दिएको छ ।सर्वोच्च अदालतले यसअघि तलब समायोजन गर्न दिएको परमादेशलाई पुनरावलोकन गर्न सरकारले निवेदन दिएको हो । महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले सर्वोच्च अदालतमा दिएको निवेदन आज दर्ता गरिएको छ ।मर्यादाक्रममा समान रहेका सैनिक र प्रहरी अधिकारीको भन्दा निजामतीका सहसचिव, उपसचिव र शाखा अधिकृतको तलब कम भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले समान गराउन भनेको थियो ।